संसद्
बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घट्यो
आइतबार, ०१ असार २०८२, १४ : ३७
सारांश
- बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घटाइएको छ।
- सभामुख देवराज घिमिरेले आइतबार र सोमबार छलफल हुने जानकारी दिए।
- विपक्षी दलले संसद अवरुद्ध गरेपछि बजेटमाथि १७ दिनसम्म छलफल हुन सकेको थिएन।
काठमाडौँ । बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घटेको छ । संसदले तय गरेको कार्यसूची अनुसार सरकारले संसद्मा प्रस्तुत गरेको राजश्व तथा व्ययमाथिको अनुमानको सैद्धान्तिक छलफलका लागि २ दिन मात्रैको समय छुट्टयाइएको हो ।
सभामुख देवराज घिमिरेले आइतबार र सोमबार मात्रै यस्तो छलफल हुने गरी तोकिएको जानकारी गराएका छन् । यसअघि चार दिनका लागि छलफलको समय निर्धारण गरिएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि बजेट प्रस्तुत भएको १७ दिनसम्म पनि बजेटमाथि छलफल हुन सकेको थिएन ।
सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल हुनेछ । अहिले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्मा विचाराधीन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण