सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखे

आइतबार, ०१ असार २०८२, १८ : २८
आइतबार, ०१ असार २०८२

 काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को दोस्रो पूर्ण बैठकमा हिजो र आज गरी ६६ जना केन्द्रीय सदस्यले एजेन्डामा केन्द्रित आफ्नो धारणा राखेका छन्। काठमाडौँमा भएको बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामा अध्यक्ष डा बाबुराम भट्टराईले जवाफ दिँदै छन् । 

पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यस अघिको कार्यविभाजनको समीक्षा गरी नयाँ कार्यविभाजन हुनेछ। साथै सबै खाले भ्रष्टाचार विरुद्ध सबै तहमा सङ्घर्ष सञ्चालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसद्को लागि जनपरिचालन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने जस्ता प्रस्ताव पेस गरिएका छन् ।

त्यसै गरी बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनीतिक समिति गठन गर्ने लगायतका प्रस्ताव पनि पेस गरिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप