नेसपा (नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखे
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को दोस्रो पूर्ण बैठकमा हिजो र आज गरी ६६ जना केन्द्रीय सदस्यले एजेन्डामा केन्द्रित आफ्नो धारणा राखेका छन्। काठमाडौँमा भएको बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामा अध्यक्ष डा बाबुराम भट्टराईले जवाफ दिँदै छन् ।
पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यस अघिको कार्यविभाजनको समीक्षा गरी नयाँ कार्यविभाजन हुनेछ। साथै सबै खाले भ्रष्टाचार विरुद्ध सबै तहमा सङ्घर्ष सञ्चालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसद्को लागि जनपरिचालन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने जस्ता प्रस्ताव पेस गरिएका छन् ।
त्यसै गरी बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनीतिक समिति गठन गर्ने लगायतका प्रस्ताव पनि पेस गरिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण