बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बुधबार, ०४ असार २०८२, १० : ३६
सारांश
- बाराको जङ्गलमा बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ।
- मकवानपुरका ५५ वर्षीय चन्द्र बहादुर भुलन मंगलबार दिउँसो बाख्रा चराउन जाँदा बाघको शिकार बने।
- प्रहरी र स्थानीय बासिन्दाले खोज्दा बुधबार बिहान उनको शव दक्षिणकाली सामुदायिक वनमा फेला पारे।
रौतहट। बारा स्थित जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
मकवानपुर मनहरि घर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
बाख्रा चराउने कामदारको रूपमा काम गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा बाख्रा चराउन गएकोमा घरमा फर्किएर नआएपछि आफन्तहरूले प्रहरीलाई मङ्गलवार साँझ खबर गरेका थिए।
खबरपछि प्रहरी टोली र स्थानीय मानिसले खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा भुलन मृत फेला परेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण