बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ज्वालामुखी विस्फोटपछि बालीमा उडानहरू रद्द

बुधबार, ०४ असार २०८२, ११ : ४०
बुधबार, ०४ असार २०८२

सारांश

  • इन्डोनेसियाको लेवोतोबी लाकी–लाकी ज्वालामुखी विस्फोट हुँदा बालीका धेरै उडान रद्द र ढिलाइ भए।
  • ज्वालामुखी विस्फोटपछि ११ किलोमिटर माथिसम्म खरानीको मुस्लो देखिएको थियो र अधिकारीहरूले सतर्कता बढाएका छन्।
  • स्थानीयहरूलाई ज्वालामुखी क्षेत्रबाट टाढा रहन र मास्क लगाउन सुझाव दिइएको छ, यसअघि नोभेम्बरमा भएको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो।

बाली ।  इन्डोनेसियाको सबैभन्दा सक्रियमध्येको एउटा ज्वालामुखी विस्फोट भएपछि बाली जाने र त्यहाँबाट बाहिरिने कयौँ उडानहरू रद्द भएका वा ढिला गरिएका छन् । फ्लोरेस टापुस्थित लेवोतोबी लाकी–लाकी हिमालमा मंगलबार ज्वालामुखी विस्फोट भएको थियो ।

ज्वालामुखी एजेन्सीका अनुसार स्थानीय समयअनुसार साँझ १७ः३५ मा त्यहाँको आकाशमा ११ किमीभन्दा माथिसम्म बाक्लो खरानी देखिएको थियो । यस घटनामा हताहतको कुनै खबर आएको छैन । अधिकारीहरूले सतर्कता स्तर बढाएर सबैभन्दा उच्चमा पुर्‍याएका छन् । 

स्थानीयहरूलाई पनि ज्वालामुखी विस्फोट भएको ठाउँबाट ७ किमी वरपर सकेसम्म नजान र कुनै पनि गतिविधि नगर्न सुझाव दिइएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको प्रभावबाट जोगिन स्थानीयहरूलाई मास्क लगाएर बस्न अनुरोध गरिएको छ । 

बालीतर्फ र बालीबाट उडान रद्द हुनेमा एयर इन्डिया, एयर न्यूजिल्यान्ड, जेटस्टार, जुनेयाओ एयरलाइन्स, सिंगापुर एयरलाइन्स र भर्जिन अस्ट्रेलिया रहेका छन् । ज्वालामुखीका कारण २० भन्दा धेरै उडान रद्द गरिएको आई गुस्ती नगुराह राय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट डेटाले देखाएको छ ।

फ्लोरेसका लागि एयर एसियाका कयौँ घरेलु उडान पनि रद्द भएका छन् । गएको नोभेम्बरमा पनि लेवोतोबी लाकी–लाकी हिमालमा कयौँ पटक ज्वालामुखी विस्फोट भएका थिए । यस घटनामा नौ जनाको मृत्यु भएको थियो भने हजारौँ घर छाडेर हिँड्न बाध्य भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप