‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
सारांश
- निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर 'शुभ विवाह' फिल्म बनाउने भएका छन्।
- यो फिल्म प्रेम कथामा आधारित पारिवारिक कथा हुनेछ, जसले नेपाली विवाहको महत्व दर्शाउनेछ।
- फिल्मका लागि अभिनेत्री छनोट हुन बाँकी छ, र चाँडै नै छायाङ्कन सुरु हुनेछ।
काठमाडौँ । निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ । दश वर्षअघि ‘प्रेम गीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबिच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो । ‘प्रेम गीत’ पछि यी दुईमा मनमुटाव समेत बढेको थियो ।
निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको जानकारी दिए । थापाले दश वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको स्मरण गर्दै अबको सहकार्य पनि सफल हुने आशा व्यक्त गरे । ‘प्रेम गीत’ प्रेमकथामा बनेको एक उत्कृष्ट फिल्म मान्न सकिन्छ ।
‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक कथामा बन्न लागेको हो । फिल्मले समाजको मूल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्वलाई दर्साउने छ । फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन । चाँडै नै अभिनेत्री लगायत सम्पूर्ण कलाकार तथा प्राविधिक फाइनल गरी छायाङ्कनमा जाने निर्देशक थापाको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण