विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू

काठमाडौं । डिजिटल युगमा बालबालिका र किशोरकिशोरीहरूमा बढ्दो स्मार्ट डिभाइसको प्रयोगले मानसिक स्वास्थ्य, ध्यान क्षमतामा आएको ह्रास र सामाजिक दूरीजस्ता चुनौतीहरू गहिरिँदै गएको सन्दर्भमा प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कूलले यस्तो समस्यालाई जरा मै समाधान गर्ने उद्देश्यले ‘एट होम ‘ग्याजेट युज नीति’ सार्वजनिक गरेको छ।
विद्यालयले विद्यार्थीको समग्र हित, भावनात्मक सन्तुलन र सिकाइको गुणस्तरलाई सुदृढ बनाउने उद्देश्यसहित यो नीति लागू गरेको हो। स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटरको अनियन्त्रित प्रयोगले बालबालिकामा ध्यान केन्द्रित गर्न गाह्रो हुने, चिन्ता र सामाजिक व्यवहारमा असर पर्ने समस्या तीव्र बनेको देखिएको अवस्थामा, विद्यालयले अब सिकाइ केवल कक्षाको सीमामा नभई घरमा समेत व्यवस्थित रूपले विस्तार गर्नुपर्नेमा जोड दिएको छ।
प्रिमियरले यो नीति केवल एकपक्षीय निर्णयका रूपमा हैन, अभिभावक प्रतिनिधिहरूको सक्रिय सहकार्यमा, पूर्व प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीको उमेर र विकास अवस्थालाई मध्यनजर गर्दै तय गरेको जनाइएको छ। यस नीतिअनुसार विद्यार्थीले घरमा डिजिटल उपकरणको प्रयोग सीमित समयसम्म गर्न पाउने छन् भने अभिभावकले विशेष निगरानी गर्नुपर्नेछ। साथै, गुणस्तरीय डिजिटल सामग्री छनोट, आत्मीय पारिवारिक समयको पुनःस्थापना र डिजिटल साक्षरता विकासमा समेत जोड दिइएको छ।
विश्वका धेरै मुलुकले बालबालिकामा डिजिटल ओभरएक्सपोजर रोक्न कडाइ गरिरहेका छन्। फ्रान्सले विद्यालयमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ भने अमेरिकामा किशोरका लागि सामाजिक सञ्जाल प्रयोगमा कानुनी सीमांकन गरिएको छ। यस्तै सन्दर्भमा नेपालमा प्रिमियरले अघि सारेको नीति विशेष उल्लेखनीय मानिएको छ।
विद्यालयले तयार पारेको यो कार्यविधिले केवल स्क्रिनको लत रोक्ने मात्र होइन, मानसिक स्वास्थ्य र डिजिटल सुरक्षाजस्ता अन्तर्राष्ट्रिय चुनौतीको स्थानीय समाधान पनि प्रस्तुत गरेको छ। यसले स्क्रिन एडिक्सन, चिन्ता, ध्यान कमजोर हुनु, सामाजिक अप्ठ्यारोपन र साइबर सुरक्षाजस्ता विषयहरूलाई विद्यालय तहमै व्यवस्थापन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
शैक्षिक निर्देशक प्रभिना थापाले यो नीति कुनै उपकरण प्रतिवन्ध होइन, बरु विद्यार्थीको समग्र विकासमा डिजिटल उपकरणको भूमिका सन्तुलनमा ल्याउने अभियान भएको स्पष्ट पारिन्। उनका अनुसार यो अभियान शिक्षामा अनुशासन, आत्मनियन्त्रण र डिजिटल संस्कार विकास गर्नेतर्फ केन्द्रित छ।
२१औं शताब्दीको शिक्षा केवल प्रविधि उपयोगमा सीमित नभई भावनात्मक तथा सामाजिक रूपले पनि सन्तुलित हुनुपर्छ भन्ने मान्यतामा उभिएको यो नीति, निजी विद्यालयबाट सुरु भएको एक उदाहरणीय प्रयास बनेको प्रमियरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा