कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
कैलाली । कैलाली जिल्ला कारागारको थुनामा रहेका कैदीबन्दीको मृत्युबारे अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।कैलाली जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण जोशीको अध्यक्षतामा बुधबार छानबिन समिति गठन गरेको हो।
सोमबार डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिश सिंह पालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो।
उनी बैङ्किङ कसुरमा दोषी ठहर भई कारागारमा चलान भएका थिए। कारागार चलान भएकै दिन असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा उनको मृत्यु थियो। कारागार चलान भएको दोस्रो दिनमै मृत्यु हुनु शङ्कास्पद रहेको भन्दै मृतक आफन्तले घटनाको छानबिन गर्न माग गर्दै आज डडेल्धुरा बजार बन्द तथा राजमार्ग अवरुद्ध गरेका थिए । छानबिन समिति गठनपछि अवरुद्ध राजमार्ग सुचारु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण