आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीबिच हुने मर्जरका लागि अन्तिम कारोबारको स्वीकृति प्रदान गरेको छ ।
आइएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात् आधिकारिक रूपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहने छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौँ पानीपोखरीमा रहने छ ।
संयुक्त कारोबार पश्चात् अधिकाधिक रूपमा एपको नाम भने खल्ती नै रहने छ ।
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तिन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने दुवै कम्पनीले संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिका अनुसार दुवै एप- आइएमई पे र खल्ती यथावत् रूपमा सञ्चालनमा रहने छन्। दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।
खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।
संयुक्त कारोबार पश्चात् एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन् । अहिलेसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन्। आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुने विज्ञप्तिमा उल्लेख छ।
दुई ठुला कम्पनीको मर्जरले केन्द्रीय बैंकले लिएको फिनटेक सम्बन्धि पहुँच बिस्तारमा सहयोग पुग्न गई नगद कारोबारमा कमी, विद्युतीय कारोबार विस्तार सहरीदेखि ग्रामीण भेगसम्म आर्थिक क्रियाकलापहरूमा पारदर्शिता एवम् कारोबारमा वृद्धि गर्दै सबैमा समय र खर्चको सदुपयोग हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण