खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर आफ्नो राजीनामा मागिएको बताएका छन् ।
बुधबार मुख्यमन्त्री कमल बहादुर शाहले बजेट निर्माणमा असहयोग गरेको भन्दै मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । सोही राजीनामाको विषयलाई लिएर प्रष्टीकरण दिँदै मन्त्री चौधरीले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहलाई आफूले नै मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेको समेत उनले बताए ।
रातोपाटीसँग मन्त्री चौधरीले भने,‘उहाँलाई मुख्यमन्त्री बनाउने व्यक्ति त मै हुँ नि । हजुरहरूलाई थाहा नै छ । त्यो बेलामा एमालेका राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएका थियौँ, तर पछि कमल शाहलाई त मुख्यमन्त्री बनाउने हामी नै हो नि ।’
मन्त्री चौधरीका अनुसार गठबन्धन दलहरूबिच भएको ’भद्र सहमति’ अनुसार नै खप्तड क्षेत्र विकास समितिमा कार्यकारी निर्देशकको नियुक्ति गरिएको थियो । तर, नियुक्तिपछि मुख्यमन्त्रीले आफूलाई बोलाएर ‘किन गर्नुभयो? मलाई नसोधेर किन गर्नुभयो?’ भन्दै ‘तुरुन्तै राजीनामा दिनुस्,’ भनेर निर्देशन दिएको उनले बताए ।
आफूले मुख्यमन्त्रीसँगको संवादमा स्पष्टसँग आफ्ना कुरा राखेको मन्त्री चौधरीले बताए । उनले भने, ‘मैले उहाँलाई भनेको छु, यदि मैले कुनै गल्ती गर्या छु भने हजुरले मलाई तत्काल बर्खास्त गर्दिनुस् । मन्त्रीले कहीँ गल्ती गर्छ भने मुख्यमन्त्रीलाई बर्खास्त गर्ने अधिकार छ ।
मन्त्री चौधरीले पार्टीले गर्ने निर्णयअनुसार आगामी कदम अगाडि बढ्ने बताएका छन् । ‘पार्टीको बैठक बसिरहेको छ,पार्टीले जे भन्यो, त्यहीअनुसार अघि बढ्छौँ,’ उनले भने ।
मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद् हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण