कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
कैलाली । कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए ।
सई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्, उनको नाममा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान भइरहेको छ, आज नै हो, उनलाई नियन्त्रणमा लिएको, डिएसपी सिंहले भने ।
पालीमाथि बैङ्किङ कसुर मुद्दा दर्ता गरिएको थियो, जुन मुद्दाका वादी स्वयं सई नाथ थिए। जिल्ला अदालतले २०८० साल फागुनमा उनलाई १० दिन कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
डडेल्धुराबाट २९ जेठमा पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइएको र अदालतमा पेस गरी असार १ गते जेल चलान गरिएको थियो । तर, असार २ गते राति, पाली कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्याइए पनि सोही राति उनको मृत्यु भयो ।
मृतककी श्रीमती जानकी साउँदले सई नाथसहित पाँच जनाविरुद्ध योजना बनाएर कारागारभित्र हत्या गरिएको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी सच्याउन भनेपछि पछि उनले नाथविरुद्ध मात्र जाहेरी दर्ता गराएकी हुन् ।
पोष्टमार्टमपछि मात्रै शव बुझ्ने अडान लिएको परिवार पक्ष, सई नाथ पक्राउ परेपछि शव बुझ्न तयार भएको छ । शवको परीक्षण सेती प्रादेशिक अस्पतालमै सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण