अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?
सारांश
- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपाल खबरविरुद्ध अदालतको अवहेलना रिट दायर गरेका छन्।
- जिल्ला अदालत काठमाडौँले नेपाल खबरलाई समाचार नमेट्नुको कारण देखाउन आदेश दिएको छ।
- श्रेष्ठले आईपीओ स्वीकृतिका लागि कमिसन मागेको समाचार प्रकाशित भएपछि यो विवाद उत्पन्न भएको हो।
काठमाडौँ । नेपाल खबरविरुद्ध नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको अदालतको अवहेलना रिटमा जिल्ला अदालत काठमाडौँले कारण देखाउन आदेश गरेको छ । न्यायाधीश रामचन्द्र खड्काको इजलासले विपक्षी नेपाल खबरका नाममा समाचार नमेट्नुको कारण देखाउन आदेश जारी गरेको हो ।
नेपाल खबर र बिजमाण्डु अनलाइनमा जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारविरुद्ध श्रेष्ठले निषेधाज्ञा निवेदन दिएका थिए ।
उक्त निवेदनमा गत जेठ २७ गते जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार मेट्न आदेश गरेको थियो । साथै असार ४ गते दुवै पक्षलाई अन्तरिम आदेशका लागि बोलाएको थियो ।
उक्त आदेशमा नेपाल खबरले सार्वजनिक पदमा बसेका व्यक्तिहरू सधैँ जनताको निगरानीमा रहने भएका कारण उनीहरूका विषयमा समाचार लेख्ने आफ्नो अधिकारको प्रतिरक्षा गर्दै जवाफ पठाइसकेको छ । समाचार नमेटेपछि श्रेष्ठले बुधबार नेपाल खबरविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । अदालतको अवहेलनामा जिल्ला अदालतले कारण देखाउन आदेश गरेको हो ।
यता निषेधाज्ञा निवेदनमा अन्तरिम आदेशका लागि बुधवारदेखि भएको सुनुवाइ सकिएको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
बिहीबार प्रतिवादीका तर्फबाट बहस सकिएपछि निवेदक श्रेष्ठका वकिलले जवाफी बहस गरेका थिए । बहस सकिएकाले निषेधाज्ञा निवेदनमा पनि आजै आदेश आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण