समाचार
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी
बिहीबार, ०५ असार २०८२, १६ : ४९
सारांश
- दाङका संघीय सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी दर्ता भएको छ। चेक अनादरको आरोपमा उनीविरुद्ध उजुरी परेको हो।
- जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, हुलाक मार्फत उजुरी आएको र भेरिफाई गर्न बाँकी छ। चौधरीमाथि ५ करोड ४० लाखको चेक अनादरको आरोप छ।
- सांसद चौधरी नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव हुन् र उनी दाङ १ बाट निर्वाचित भएका थिए।
बुटवल । सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी आएको रातोपाटीलाई बताए । उनले भने, ‘हुलाकबाट जाहेरी आएको हो तर त्यो भेरिफाई गर्न बाँकी छ, सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो ।’
उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव समेत हुन् । उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रहरीले कहाँबाट कसले उजुरी हालेको भन्ने विस्तृत विवरण खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण