सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
बिहीबार, ०५ असार २०८२, १८ : ०६
कैलाली । सुदूरपश्चिममा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने भएको छ। सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभाको बैठक बोलाउने निर्णय भएको हो। उक्त बैठक सोही दिन अपराह्न ४ बजे बस्ने समितिले निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने छ।
गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। सुदूरपश्चिमको बजेटमाथि धेरै टिकाटिप्पणी पनि भइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण