दुर्घटना
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
शुक्रबार, ०६ असार २०८२, १४ : ४७
सारांश
- डोटीको आदर्श गाउँपालिका-१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
- दुर्घटनामा ६ जना घाइते भएका छन्, जसमध्ये ३ जना गम्भीर घाइते छन्। घाइतेहरूको उपचार भइरहेको छ।
- दुर्घटना मौवाबाट सायल गाउँपालिका तर्फ जाँदै गरेको जिपमा भएको हो, जसमा ८ जना सवार थिए।
डोटी । डोटीको आदर्श गाउँपालिका –१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
मौवाबाट सायल गाउँपालिका तर्फ जान लागेको जिप दुर्घटना भएको खड्काले बताए । जिपमा ८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये ३ जना गम्भीर घाइते भएका छन् । तीन जनाको मौवामै उपचार भइरहेको छ भने केहीलाई डडेलधुरा पठाइएको खड्काले बताए ।
‘घटना भर्खरै भयो, हामी घटनास्थलमै छौँ, मृतक सायद सायल गाउँपालिकाका हुन् भन्ने छ, आफन्तहरू आउँदैछन्, मृतकको पहिचान भएको छैन, घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ, हामी घाइतेलाई बचाउन लागिरहेका छौँ,’अध्यक्ष खड्काले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण