सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?

काठमाडौँ । थाइल्याण्डमा राजनीतिक उथलपुथल भएको छ । त्यहाँकी प्रधानमन्त्री पाटोङटार्न शिनावात्राको गोप्य फोन कल बाहिरिएपछि हङ्गामा भएको हो । यसले गर्दा शिनावात्राको पद धरापमा परेको विश्लेषण आइरहेका छन् । पद मात्र नभएर सरकार पनि खतरामा रहेको आङ्कलन गरिएको छ ।
हालै मात्र शिनावात्रा र कम्बोडियाका नेता हन सेनसँगको १७ मिनेटको फोन वार्ता बाहिरिएको थियो । यसपछि गठबन्धनमा सहयोगी एउटा पार्टी सरकारबाट अलग भएको छ । विपक्षीले राजीनामा र नयाँ चुनावको माग गरिरहेका छन् । यद्यपि यस घटनाका लागि शिनावात्राले माफी मागेकी छिन् ।
फोन वार्ता जुन १५ मा भएको थियो । यसमा शिनावात्राले थाइल्याण्ड–कम्बोडिया सीमा विवादमा कम्बोडियाका नेता हुन सेनसँग कुरा गरेकी थिइन् । उक्त संवादले द्विपक्षीय सम्बन्धलाई तनावपूर्ण मात्रै बनाएको छैन थाई प्रधानमन्त्रीको स्थितिलाई धरापमा पारेको छ ।
विवादको मूल कारण मे २८ मा ‘एमराल्ड ट्रयाङ्गल’मा भएको सैन्य झडप हो । यो थाइल्याण्ड, कम्बोडिया र लाओसको सिमाना हो । यस झडपमा एक कम्बोडियन सैनिक मारिएका थिए ।
कम्बोडियाले थाइल्याण्डलाई ड्रोन उडाउने र सैन्य उत्तेजना फैलाएको आरोप लगाएको थियो भने थाइल्याण्डले यो आरोप अस्वीकार गरेको थियो । यस घटनापछि कम्बोडियाले थाई आयात, टिभी नाटक र इन्टरनेट ब्यान्डविथमा प्रतिबन्ध लगायो । यसले तनावलाई अझ तनावको स्थितिमा सिर्जना गरेको छ ।
किन भड्किए थाई जनता ?
थाइल्याण्डकी प्रधानमन्त्रीलाई पहिले नै कम्बोडियाप्रति नरम दृष्टिकोण राखेको आरोप लगाइएको थियो । यही कारणले गर्दा उनी दक्षिणपन्थी राष्ट्रवादीहरूको निशानामा पर्दै आएकी छिन् । १७ मिनेटको यो कुराकानी शिनावात्राले कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको हो यसमा शिनावात्राले हुन सेनलाई ’काका’ भनेर सम्बोधन गरेकी थिइन् ।
यो सम्बोधन थाई जनतालाई मन परेन । वार्तामा उनले एक थाई सेना अधिकारीलाई प्रतिद्वन्द्वी भनेकी थिइन् । उनले ‘एमराल्ड ट्रयाङ्गल’मा झडप भएको क्षेत्रको कमान्डिङ गरिरहेको थियो ।
शिनावात्राको यही कुराले थाई सेना र राष्ट्रवादीहरूलाई आक्रोशित छन् । थाइल्याण्डको राजनीतिमा त्यहाँको सेनाको ऐतिहासिक प्रभाव रहँदै आएको छ । कम्बोडियन नेता हुन सेनले यो कल ८० कम्बोडियन अधिकारीहरूसँग शेयर गरेका थिए ।
त्यहीबाट लिक भएर सो फोन कलको रेकर्डिङ पब्लिकमा आयो । वार्तामा शिनावात्राले हुन सेनलाई धेरै खुसी पार्न खोजिरहेकी थिइन्, जसले गर्दा थाइल्यान्ड कमजोर देखिएको शिनावात्राका आलोचकहरूले भनिरहेका छन् ।
यस घटना पछि थाइल्याण्डको दोस्रो ठुलो दल भुमजैथाईले शिनावात्राको नेतृत्वको गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएको छ । फलतः शिनावात्राको संसदीय बहुमत कमजोर भएको छ ।
यही घटनालाई लिएर विपक्षी नेता नट्टाफोङ रुएङपान्याभुतले संसद विघटनको माग गरिरहेका छन् । बैंककमा सयौँ प्रदर्शनकारीहरूले शिनावात्राको राजीनामा मागेर विरोध गरिरहेका छन् ।
थाइल्याण्ड–कम्बोडियाबीच के हो विवाद ?
थाइल्याण्ड र कम्बोडिया बिचको विवाद नयाँ होइन । यो दशकौँ पुरानो सीमा विवाद हो । विवादको केन्द्र प्रेह विहार मन्दिर र ’पन्ना त्रिभुज’ क्षेत्र हो ।े गएको मे २८ मा पन्ना त्रिभुज (थाइल्याण्ड, कम्बोडिया र लाओसको सीमाको संगम बिन्दु)मा एक सैन्य झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भएपछि दुई देशबिच तनाव चर्किएको छ । प्रेह विहार मन्दिर ११ औं शताब्दीको मन्दिर हो ।
यसलाई युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको छ । तर यो दुई देशहरू बिच तनावको प्रमुख कारण बनेको छ । १९६२ मा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे)ले यसलाई कम्बोडियाको हिस्साको रूपमा मान्यता दियो ।
तर,मन्दिर वरपरको ४.६ वर्ग किलोमिटर क्षेत्र अझै पनि विवादित छ । दुई देशबिच८१७ किलोमिटर लामो सिमानामा अस्पष्ट सीमाङ्कन र ऐतिहासिक दाबीहरूले तनाव बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता