‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ । ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । यस चलचित्रबाट ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दै छन् ।
निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउन खोजिएको बताए । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।
आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा र बाबुल गिरीको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण