शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बिपी राजमार्गमा राति यातायात सञ्चालन रोक

शुक्रबार, ०६ असार २०८२, २२ : १२
शुक्रबार, ०६ असार २०८२

सारांश

  • बिपी राजमार्गमा १५ दिनका लागि राति सवारी सञ्चालनमा रोक लगाइने भएको छ, जसले गर्दा यात्रुहरूलाई कठिनाइ हुनेछ।
  • मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै काठमाडौं र सिन्धुलीतर्फको सवारी आवागमनलाई व्यवस्थित गरिनेछ।
  • गत वर्षको बाढीपहिरोले सडकमा पुर्‍याएको क्षतिको मर्मतका लागि अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो र स्थायी निर्माणको काम भइरहेको छ।

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आजदेखि  १५ दिनका लागि रातिमा सडक सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राति ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म राजमार्ग हुँदै सिन्धुली, खुर्काेटबाट काठमाडौं जाने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवागमनमा रोक लगाइएको जानकारी दिएको छ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोककाे काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ । 

गत साल असोजको बाढी पहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक खण्डमा भने  सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् । 

बाढी पहिरोले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । 

bp highway sindhuli

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप