विद्यार्थीमाझ ‘झिँगेदाउ’ प्रदर्शन
सारांश
- सिद्धलेक गाउँपालिकाका दुई विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम आयोजना गरियो, जसमा 'झिँगेदाउ' प्रदर्शन गरियो र ५३० विद्यार्थीको सहभागिता रह्यो।
- कार्यक्रम चोया डिजिटल सोलुसनले आयोजना गरेको थियो भने सेलिब्रेटी नेपालले व्यवस्थापन गरेको थियो, जसमा मुकुन भुसाल लगायतका कलाकारको उपस्थिति थियो।
- कार्यक्रममा चलचित्र विकास बोर्ड, सञ्चार रजिस्ट्रारको कार्यालय र गाउँपालिकाको सहकार्य रहेको थियो, र यसले विद्यार्थीहरूमा सामाजिक चेतना र सिर्जनात्मक सोच बढाउन सहयोग गर्यो।
काठमाडौँ । सिनेमाको माध्यमबाट शिक्षालाई जीवन्त बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिका वडा नं २ स्थित नलाङ पात्ले माध्यमिक विद्यालय र सिद्धेश्वर माध्यमिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम आयोजना भएको छ।
कार्यक्रमको आयोजना चोया डिजिटल सोलुसनले गरेको हो भने कार्यक्रमको व्यवस्थापन सेलिब्रेटी नेपालले गरेको हो। कार्यक्रममा नेपाली चलचित्र ‘झिँगेदाउ’ प्रदर्शनी गरिएको थियो, जसमा दुई विद्यालयका शिक्षक तथा ५३० जना विद्यार्थीको सहभागिता रहेको थियो।
नलाङ पात्ले माध्यमिक विद्यालयबाट ३६० जना र सिद्धेश्वर माध्यमिक विद्यालयबाट १७० जना विद्यार्थी सहभागी थिए। कार्यक्रममा चलचित्र विकास बोर्ड, सञ्चार रजिस्टारको कार्यालय बागमती प्रदेश र सिद्धलेक गाउँपालिकाको सहकार्य रहेको थियो। चलचित्र प्रदर्शनपछि विद्यार्थीहरूसँग छोटो अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
कार्यक्रममा ‘झिँगेदाउ’, ‘पूर्णबहादुरको सारङ्गी’ लगायत चलचित्रका चर्चित अभिनेता मुकुन भुसाल, निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, चलचित्र सम्पादक मित्र गुरुङको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।
चोया डिजिटल सोलुसन प्रालिका अध्यक्ष राज कुमार सिलवालले चलचित्र साक्षरताको अभियानले विद्यार्थीहरूमा दृश्य सञ्चारप्रति रुचि बढाउने विश्वास व्यक्त गर्दै ग्रामीण क्षेत्रमा यस्तो कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरे।

वडा अध्यक्ष सागर गुरुङले चलचित्र शिक्षाले बालबालिकामा सामाजिक चेतना, नैतिक शिक्षा र सिर्जनात्मक सोच विकासमा टेवा पुर्याउने बताए।
चलचित्र ‘झिँगेदाउ’का प्रमुख अभिनेता मुकुन भुसालले भने, “हामी कलाकारको योगदान मात्र पर्दामा सीमित हुँदैन, समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा पनि हामी जिम्मेवार छौँ।”
चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले भने, “चलचित्र पत्रकारिता र साक्षरताबिच गहिरो सम्बन्ध छ। यस्तो कार्यक्रमले भविष्यमा सूचना र सञ्चार क्षेत्रमा लाग्ने युवाहरूको जग बलियो बनाउँछ।”
कार्यक्रममा नलाङ पात्ले माविका प्रधानाध्यापक रमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबु श्रेष्ठ, सिद्देस्वर माविका सहायक प्रधानाध्यापक राजन कार्कीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूलाई चलचित्रको गहिरो सन्देश बुझ्न सहयोग गरेकाले यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको सहभागीहरूबाट प्रतिक्रिया प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण