गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
शनिबार, ०७ असार २०८२, १२ : ५२
सारांश
- सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गरिन्।
- उनले रुस र युक्रेनमा नेपालीहरू भिजिट भिसाबाट पुगेको बताइन्।
- कार्कीले गृहमन्त्रीलाई बर्खास्त गर्न र उच्चस्तरीय समिति गठन गर्न माग गरिन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गरिन् ।
रुस, युक्रेन सेनामा रहेका नेपालीहरू पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको उनले बताइन् । गृहमन्त्री भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले सुशासन कायम गर्ने हो भने गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग माग गरिन् ।
सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने भन्दै प्रश्न गरिन् । भिजिट भिसा प्रकरण छानबिनको लागि अविलम्ब उच्चस्तरीय समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आफूहरूको अडान रहेको उनले उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण