बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

शनिबार, ०७ असार २०८२, १५ : ०१
शनिबार, ०७ असार २०८२

सारांश

  • चितवनको राप्ती नगरपालिकामा यात्रुवाहक बस र माइक्रो बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका २४ जनाको विवरण प्रहरीले सार्वजनिक गरेको छ, जसमा विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
  • मृत्यु हुनेहरूमा विभिन्न स्थानका व्यक्तिहरू रहेका छन् भने घाइतेहरूको पनि सूची सार्वजनिक गरिएको छ।

चितवन । प्रहरीले चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर मृत्यु भएका र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ । 

शनिबार बिहान जिल्लाको राप्ति नगरपालिकास्थित भन्डारामा धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्र.१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३–००१ ज २९९ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा २४ जना यात्रु घाइते भएका थिए । 

यस्तो छ  मृतक तथा घाइतेहरूको विवरण

मृतक– 

१.मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ का सोमप्रसाद रुपाखेती 

२.मकवानपुर हेटौँडा ५ बस्ने वर्ष ५३ की मैयाकुमारी न्यौपाने पहाडी 

३. हेटौँडा उपमहानगरपालिका–५ का ३५ वर्षीय सरोज पहाडी 

४.हेटौँडा उपमहानगरपालिका–५ कि २७ वर्षीया रेणुका कँडेल

५.रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी

६. माइक्रो चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० का राजु थिङ

एक महिलाको सनाखत हुन बाँकी छ। उनको शव जिल्ला अस्पताल भरतपुरमा रहेको बताइएको छ । 

एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेका घाइतेहरू

१. मकवानपुर हेटौँडा उमनपा १३ बस्ने वर्ष १६ का सक्षम थापा 

२. मकवानपुर हेटौँडा उमनपा १२ बस्ने वर्ष ३२ का सिंहवीर घलान

३. मकवानपुर हेटौँडा उमनपा ४ बस्ने वर्ष  ३१ का विष्णु लम्साल 

४. मकवानपुर हेटौँडा उमनपा ८ बस्ने वर्ष ३४ की गंगा घलान (गम्भीर) 

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका घाइतेहरू

१‌.  झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल (नाकमा चोट)  

२.  झापा गौरा दह नपा ९ बस्ने बस्ने वर्ष अं ६७ की उमा बराल 

३.  कञ्चनपुर बेलौरी  नपा ४ बस्ने वर्ष ४८ का वीरबहादुर जैसी  

४. रुकुम पश्चिम आठबिस्कोट नपा ९ बस्ने वर्ष ३० का सन्देश ओली

चितवन मेडिकल कलेज भरतपुरमा रहेका घाइतेहरू 

१.  अछामको साफे बगर नपा १० बस्ने वर्ष ३२ को अर्जुनबहादुर राउत 

२. कैलालीको लम्किचुवा नपा ८ बस्ने ४५ वर्षीय जम बुढा 

३. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ७० कि चन्द्रकुमारी थापा

४. झापा गौरादह नगरपालिका ६ बस्ने वर्ष ७० कि टिका न्यौपाने

५.  कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ६९ का जमबहादुर थापा 

६. कैलाली गोरीगगा नपा ११ बस्ने वर्ष ३२ का सुरेश बोगटी

७. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ३७ का लोकेन्द्र बुढा   

८. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ४८ का बलसिंह बुढा 

९. रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को वुलटन साह कानु 

१०. मकवानपुर बकैया गापा ४ बस्ने वर्ष २६ कि अनिसा घिमिरे 

११. कालिकोट पलाता गापा ४ बस्ने वर्ष ५३ का रत्न बुढा 

१२. झापा दमक नगरपालिका ८ बस्ने वर्ष ८३ की लक्षीमा पौडेल 

१३. झापा मेची नपा १५ बस्ने वर्ष २३ का प्रवेश सौरेन 

१४. सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ का श्रीचन्द्र राय 

१५. कैलाली गोदावरी नपा ४ बस्ने वर्ष ३४ का महेश चौधरी 

१६. मोरङको  बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन चौधरी 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप