राज्यले थारुलाई नेपाली नमानेको रेशम चौधरीको गुनासो
सारांश
- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको गुनासो गरे।
- उनले थारु समुदायको पहिचान मेटाउने प्रयास भएको र यसका लागि जाग्नुपर्ने बताए।
- टिकापुर घटनामा आफू संलग्न नभए पनि जेल परेको र थारु चेलीबेटीमाथि अन्याय भएको उनको भनाइ छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको गुनासो गरे ।
उनले भने– ‘मलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको हो, एक पटक होइन, थारुको पहिचान मेटाउने गरी पटक पटक थुनेको हो त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ ।’
काठमाडौँमा आयोजित बृहत् थारु सांस्कृतिक कार्यक्रममा बोल्दै संरक्षक चौधरीले भने, ‘म राजनीतिक व्यक्ति होइन, मलाई जबरजस्ती बनाइएको हो, म सांस्कृतिक व्यक्ति हुँ ।’
यो राज्यले थारुमाथि गरेको अन्यायको बयान समेत गर्न नसकिने बताउँदै उनले टिकापुर घटनाले थुप्रै थारु चेलीबेटीको चिर हरन गरेको भन्दै दुःख व्यक्त गरे । सो घटनामा सयौँ मोटरसाइकल र साइकल जलाउने कार्य भयो तर त्यसका लागि कोही पनि नबोलेको उनले गुनासो गरे ।
टिकापुर घटनामा आफू संलग्न नभए पनि राज्यले थुनेको गुनासो गर्दै उनले भने, ‘मैले जेलबाट नै राज्यलाई गीतको माध्यमबाट प्रश्नहरू गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण