विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा
सारांश
- शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका व्यक्तिलाई नेपाली नागरिकता दिन नसकिने बताए।
- देउवाले ब्रिटिस गोरखा सैनिकको नागरिकता निरन्तरताको मागमा छलफल भइरहेको र एनआरएनलाई जस्तै सुविधा दिन सकिने बताए।
- उनले ब्रिटिस गोरखा सैनिकको सेवा सुविधा र नेपाल र बेलायतबीचको सम्बन्धमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारेका हुन् ।
उनले अरू कामहरूका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए । सभापति देउवाले भने, ‘जहाँसम्म गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ । यसमा के छ भने एनआरएन भन्ने पनि छ । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिस गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ ।’
उनले थपे, ‘ब्रिटिस गोरखाले पनि बेलायती सैनिक सरह नै सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो तर उनीहरूले मानेका छैनन् । निरन्तर नागरिकताको माग उठाउनु स्वाभाविक कुरा हो । त्यो दिने नदिने कुरा हाम्रो हातमा हुँदैन । उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरू कामहरूका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ । अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरू सुविधाहरू दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’
सभापति देउवाले गोरखा सैनिकहरूको इतिहास गर्विलो रहेको बताए । उनले ब्रिटिस गोरखा सैनिकहरू नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको जिकिर गरे । नेपाल र बेलायतबिचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्त्वपूर्ण रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण