मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एलएनए एसइई बास्केटबल भोलिदेखि

शनिबार, ०७ असार २०८२, २० : ३७
शनिबार, ०७ असार २०८२

सारांश

  • लालीगुराँस नेसनल एकेडेमीले एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आयोजना गर्दैछ।
  • प्रतियोगितामा २० टिमको सहभागिता रहने र विजेतालाई नगद पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिनेछ।
  • प्रतियोगिता मनमैजुस्थित एकेडेमीको कोर्टमा हुनेछ, जसमा करिब १ लाख ५० हजार खर्च लाग्ने अनुमान छ।

काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा प्रथम एलएनए एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइज/गर्ल्समा जम्मा २० टिमको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

ब्वाइजमा १२ तथा गर्ल्समा ८ टिमको सहभागिता निश्चित भएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए । ब्वाइज टिमलाई ४ तथा गर्ल्समा टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुई दिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित आयोजकको कोर्टमा खेलाइने छ । पहिलो दिन समूह चरणअन्तर्गत २० खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप