पन्तले उछिने धोनीलाई
सारांश
- ऋषभ पन्तले महेन्द्र सिंह धोनीको रेकर्ड तोड्दै भारतका लागि सबैभन्दा धेरै टेस्ट शतक बनाउने विकेटकिपर बने। उनले १७८ बलमा १३४ रन बनाए।
- पन्तले इंग्ल्याण्डविरुद्धको खेलमा शतक बनाउँदै धोनीको ६ शतकको रेकर्ड तोडेका हुन्। यो उनको टेस्ट करियरको सातौं शतक हो।
- पन्तले इंग्ल्याण्डमा तेस्रो शतक बनाए र पाहुना टोलीका विकेटकिपरले इंग्ल्याण्डमा बनाएको यो सर्वाधिक शतक हो। उनले ६ छक्का पनि प्रहार गरे।
हेडिङ्ले । ऋषभ पन्तले महेन्द्र सिंह धोनीको रेकर्ड उछिन्दै भारतका लागि सबैभन्दा धेरै टेस्ट शतक बनाउने विकेटकिपर बनेका छन् । इंग्ल्याण्डविरुद्ध जारी टेस्टको पहिलो इनिङ्समा शतक बनाउँदै उनले धोनीको रेकर्ड तोडेका हुन् ।
पन्तले १७८ बलको सामना गर्दै १३४ रन बनाए । उनले यस क्रममा १२ चौका र ६ छक्का प्रहार गरे । उनको यो सातौँ शतक थियो । उनले मात्र ४४ टेस्टमा यो उपलब्धि हात पारेका हुन् । धोनीले ९० टेस्ट खेल्दै ६ शतक बनाएका थिए । त्यसतै, ऋद्धिमन शाहाले ३९ टेस्टमा ३ शतक बनाएका थिए ।
पन्तले इंग्ल्याण्डमा बनाएको यो तेस्रो शतक पनि थियो । कुनै पनि अन्य पाहुना टोलीका विकेटकिपर इंग्ल्याण्डमा यति धेरै शतक बनाउन सकेका छैनन् । पन्तबाहेक इंग्ल्याण्डका विकेटकिपर लेस एम्सले वेस्ट इन्डिज र जिम्बाब्वेका विकेटकिपर एन्डी फ्लावरले भारतमा ३ वटा टेस्ट शतक बनाएका छन् ।
त्यस्तै, पन्तले आफ्नो इनिङ्समा हिर्काएको ६ वटा छक्का कुनै पनि पाहुना टोलीका ब्याटरले इंग्ल्याण्डमा टेस्ट इनिङ्समा प्रहार गरेको सबैभन्दा धेरै छक्का हो । त्यस्तै, कुनै पनि भारतीय ब्याटरले विदेशी भूमिमा खेलिएको टेस्टको एक इनिङ्समा हिर्काएको दोस्रो धेरै छक्का हो । यसअघि सन् २०१७ मा हार्दिक पाण्ड्याले श्रीलंकाविरुद्ध ७ वटा छक्का प्रहार गरेका थिए ।
पन्तले बनाएको १३४ रन कुनै पनि विकेटकिपरले हेडिङ्लेमा बनाएको दोस्रो सर्वाधिक ठुलो स्कोर हो । यसअघि, सन् २०१६ मा इंग्ल्याण्डका जोनी बेयर्स्टोले १४० रन जोडेका थिए । –ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण