वडा कार्यालयको पहलमा विपन्नलाई बीमा
सारांश
- शुक्लाफाँटा नगरपालिका-१० ले ३० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराएको छ। यसका लागि वडाले वार्षिक रु एक लाख पाँच हजार प्रिमियम तिरेको छ।
- वडाध्यक्षका अनुसार, यो पहलले स्वास्थ्य सेवामा पहुँच बढाउने, आर्थिक भार कम गर्ने र जोखिममा परेका समूहलाई सुरक्षा प्रदान गर्नेछ।
- स्थानीय बासिन्दाले वडाको यो कदमको प्रशंसा गरेका छन्, जसले गरिब परिवारलाई उपचारमा राहत पुर्याएको छ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु एक लाख पाँच हजार बराबरको बीमा प्रिमियम तिरिदिएको हो ।
“आर्थिक अवस्था कमजोर बीमा प्रिमियम तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बीमामा आबद्ध गराएका छौँ”, वडाध्यक्ष लालबहादुर ऐरले भने, “वडाले प्रत्येक परिवारलाई रु तीन हजार ५००का दरले पाँच सदस्यको बीमा गराएको छ ।”
विपन्न परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराएपछि स्वास्थ्योपचार खर्चमा हुने आर्थिक भार घट्ने, स्वास्थ्य सेवा पहुँचमा रहेका असमानता हट्ने, गरिब तथा जोखिममा परेका समूहलाई विशेष सुरक्षा प्रदान हुने उनले बताए ।
“एक व्यक्तिको प्रिमियममा पाँच सदस्यसम्म स्वास्थ्य सेवा लिन सक्छन्”, वडा कार्यालयका कर्मचारी केशव जोशीले भने, “दीर्घरोग, सुत्केरी सेवा, आकस्मिक सेवालगायत उपचार हुने कार्यसँगै वार्षिक रु तीन हजार पाँच सयमा पाँच सदस्य परिवारसम्म र त्यसपछि प्रतिसदस्य रु सात सय अतिरिक्तमा स्वास्थ्य बीमा उपलब्ध गराउने व्यवस्था छ ।”
उनका अनुसार ७० वर्षमाथि, अति गरिब, अशक्त, अपाङ्गता भएकाहरूले प्रिमियममा पूर्ण छुट पाउँछन् । वडा कार्यालयले आव २०७९/८० मा ४० अति विपन्न परिवारको बीमा गराएको थियो । यो पहलले विपन्न नागरिकमा सरकारी सेवाको पहुँच महसुस गराएको स्थानीय बासिन्दाको भनाइ छ ।
स्थानीय बमन रानाले भने, “बीमा गर्न सक्ने हैसियत थिएन, वडाले रकम तिरेपछि हामीजस्ता गरिबलाई उपचारमा राहत मिलेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण