बाढीले डाइभर्सन बगायो, नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
सोमबार, ०९ असार २०८२, ०९ : ५४
सारांश
- नारायणगढ-बुटवल सडक खण्डको डाइभर्सन बाढीले बगाएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।
- पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा खोरन्डी खोलामा आएको बाढीले डाइभर्सन बगायो।
- गोरखाको गोरखा आरुघाट-बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक भासियो र यातायात अवरुद्ध भयो।
काठमाडौँ । सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ ।
यसैबिच सोमबार बिहानको वर्षाले गोरखाको गोरखा नगरपालिका– ८ ढुङ्गागाडेस्थित गोरखा आरुघाट– बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएको छ ।
यससँगै सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण