बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

न्यूयोर्कमा नेपाली मेला सम्पन्न

सोमबार, ०९ असार २०८२, १० : ०२
सोमबार, ०९ असार २०८२

सारांश

  • न्यूयोर्कमा नेपाली मेला सम्पन्न, ज्याक्सन हाइटको सडकमा आयोजना गरिएको थियो।
  • मेलामा नेपाली खाना, मौलिक वस्तु र स्थानीय सामाग्रीका स्टलहरू राखिएका थिए, जसमा सहभागीहरूको घुइँचो लागेको थियो।
  • मेलाको उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन र अमेरिकामा नेपाली व्यवसायीहरूलाई सहयोग गर्नु थियो।

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपाली मेला सम्पन्न भएको छ । शनिबार ज्याक्सन हाइटको सडक बन्द गरी मेला गरिएको थियो । 

मेलामा नेपाली खाना, मौलिक बस्तुहरूका साथै विभिन्न स्थानीय सामाग्रीहरूको स्टल राखिएको थियो । ३७ वटा स्टल रहेको मेलामा सहभागीहरूको घुइँचो लागेको थियो । नेपाली साङ्गीतिक ब्यान्ड एवं स्थानीय नेपाली मूलका कलाकारहरूले आफ्नो प्रस्तुति दिएको मेलामा नेपाली एवं स्थानीय अमेरिकी नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो । 

निम्जि, ओम र दिपेनको आयोजना, न्यूयोर्क राज्यका सांसद स्टेभन रागा र क्वीन्स नगर अध्यक्ष डोनोभान रिचार्डस् जुनियरको सह प्रायोजन एवं नेपाल सरकार, पर्यटन प्रवर्द्धक, न्यूयोर्कको सहकार्यमा मेला सम्पन्न भएको हो । मेलाका लागि एनवाई नेपाली कामपोष्ट र च्याम्पिएन मार्सल आर्टस् क्लवले पनि सहकार्य गरेका थिए ।

नेपालको पर्यटन प्रवर्द्धन, अमेरिकामा नेपाली बस्तुहरूको पहुँच एवं स्थानीय नेपाली व्यवसायको प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको आयोजक दीपेन्द्र लामाले बताए । मेलाले नेपाली व्यवसायी एवं नेपालका मौलिक बस्तुहरूको व्यवसायलाई प्रत्यक्ष फाईदा हुने लामाको भनाइ छ । 

मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले दाबी गरे । मेलामा प्रदर्शन गरिएका बस्तुहरू एवं नेपालको मौलिक खानाहरूले स्थानीय नागरिकहरूलाई आकर्षित गरेको प्रवर्द्धक श्रेष्ठले जानकारी दिए । मेलामा नेपाल सम्बन्धी विभिन्न जानकारी मूलक पुस्तकहरू वितरण गरिएको थियो । मेलामा स्थानीय सरकारका प्रतिनिधि, राज्यसभा सांसदलगायतले अवलोकन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप