ठुला दलको घेराबन्दीमा उन्मुक्ति पार्टी
सारांश
- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिममा बलियो शक्तिको रूपमा उदाएको छ, तर ठूला दलहरूको चलखेल र पार्टीभित्रको फुटले गर्दा पार्टी कमजोर बनेको छ।
- पार्टीभित्रको गुटबन्दी र बाहिरी घेराबन्दीको मारमा परेको नाउपाले अब एकताबद्ध भएर अगाडि बढ्नुपर्ने र आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ।
- पार्टीका नेता रामेश्वर चौधरीले राजीनामा दिने वा नदिने भन्ने विषयमा पार्टीको निर्णय पर्खिरहेका छन्, र पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
सुदूरपश्चिम प्रदेशमा वैकल्पिक शक्तिको रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)प्रति जनताको ठुलो विश्वास छ । ठुला भनिएका दलहरू सत्ता स्वार्थमा केन्द्रित भएपछि जनताले वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई विश्वास गरेर तीन वटै तहको निर्वाचनमा राम्रो मत दिएर जिताए ।
सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीको सम्मानजनक उपस्थिति छ । छोटो समयमै नागरिक उन्मुक्ति पार्टीले हासिल गरेको यो सफलता ठुला दलहरूका लागि चुनौतीपूर्ण थियो । त्यसैले ठुला दलहरू नागरिक उन्मुक्ति पार्टीको शक्ति क्षय गर्नका लागि कुनै न कुनै रूपमा आ–आफ्नै ढंगले लागिरहेका थिए ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सामेल पनि भयो । तर तिनै ठुला दलहरूले खेलेको खेलमा हाम्रा पार्टीका केही नेता बहकिए । सत्ता परिवर्तनको खेलमा यो पार्टीलाई मोहरा बनाइयो । पार्टीभित्रै पक्ष र विपक्षको जस्तो अवस्था सिर्जना गरियो । परिणामस्वरुप सरकारमा रहेर गर्नुपर्ने काम सोचेअनुरूप हुन सकेन ।
समस्या बाहिर मात्र होइन, नागरिक उन्मुक्ति पार्टीभित्रै पनि छ । नागरिक उन्मुक्ति पार्टीभित्रको टुटफुट, ठुला दलहरूको हस्तक्षेपले गर्दा पार्टीले जनअपेक्षा अनुसार भूमिका निर्वाह गर्न सकेको छैन । यो अवस्थामा हामी धेरै समय रह्यौँ भने जनतामा निराशा बढ्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।
नागरिक उन्मुक्ति पार्टी सिङ्गो, बलियो र सशक्त हुने हो भने आगामी निर्वाचनमा ठुला दलहरूको अवस्था दयनीय हुने प्रस्ट छ । त्यसैले पनि नागरिक उन्मुक्ति पार्टीलाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेबारे ठुला दलहरूले विभिन्न खेल खेलिरहेका छन् । ती खेलमा हाम्रै पार्टीका केही साथीलाई उनीहरूले समेटेका छन् । हामीभित्र रहेको टुटफुट पनि यसैको उपज हो ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको कैलाली जिल्लामा पहिलो दल बनेको छ । सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ ५ र सङ्घमा प्रत्यक्षतर्फ ३ सिट जित्नु यो पार्टीको ठुलो सफलता हो ।
कांग्रेस, एमाले, माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष र संरक्षकलाई दुईतिर बनाएर फाइदा लिन खोजेको देखिन्छ । कहिले पार्टी अध्यक्षलाई, कहिले संरक्षकलाई हातमा लिएर पार्टीलाई दुई ध्रुवमा विभाजित गर्ने काम गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने उद्देश्यमा ठुला दलका नेताहरू लागिरहेकै छन् ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको कैलाली जिल्लामा पहिलो दल बनेको छ । सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ ५ र सङ्घमा प्रत्यक्षतर्फ ३ सिट जित्नु यो पार्टीको ठुलो सफलता हो । प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशमै नागरिक उन्मुक्ति पार्टी नेपाली कांग्रेसपछिको दोस्रो शक्ति हो । यो तथ्याङ्कले नै ठुला दलहरूलाई झस्काएको छ ।
यति छोटो समयमा नागरिक उन्मुक्ति पार्टीले प्रगति गर्यो भनेर सबै पार्टी हामीमाथि खनिएको अवस्था छ । एक प्रकारले नागरिक उन्मुक्ति पार्टी अहिले ठुला दलको घेराबन्दीमा छ । यही घेराबन्दीका कारण नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूले खुलेर काम गर्ने वातावरणसमेत पाएका छैनन् । यसको प्रत्यक्ष अनुभूति म स्वयंले गरिरहेको छु ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिच फाटो ल्याएर फाइदा लिन सकिन्छ कि भन्ने हिसाबले ठुला दलहरूले पार्टीभित्र ध्रुवीकरण बढाउन थालेका छन् । नागरिक उन्मुक्ति पार्टीभित्र अहिले नेता–कार्यकर्ताहरू कोही अध्यक्षको गुटतिर, कोही संरक्षक नेताको गुटतिर बाँडिएजस्तो देखिन्छ । आम कार्यकर्ताले त्यो अनुभूति गरिरहेकै छन् । यही कित्ताकाटले पार्टीलाई सबैभन्दा बढी क्षति पुगेको छ ।
नागरिक उन्मुक्ति पार्टी अहिले गम्भीर आत्मसमीक्षाको चरणमा छ । बाहिरी घेराबन्दी र आन्तरिक कलहको दोहोरो मारमा परेको यो पार्टीले अब ‘एकजुट’ भएर हिँड्ने संकल्प लिएर अगाडि बढ्नुको विकल्प छैन ।
पार्टीभित्र कुन नेता–कार्यकर्ता कुन गुटमा छ भन्ने हिसाबले हेर्ने प्रवृत्तिबाट माथि उठ्नुपर्ने खाँचो छ । नेता–कार्यकर्ताहरू सिङ्गो पार्टीको पक्षमा उभिनु पर्छ । यही सन्देश लिएर अध्यक्ष र संरक्षक नेताले पार्टीलाई पुनर्जीवन दिने र कार्यकर्तालाई अझ ऊर्जाशील बनाउने अभियान सञ्चालन गर्नुपर्छ ।
हामी पार्टीमा जबसम्म एकढिक्का हुँदैनौँ, तबसम्म हाम्रो पार्टी अगाडि बढ्दैन । त्यसैले अब टुटफुट भएर होइन, एकजुट भएर जानुपर्छ ।
यसका लागि पार्टीका प्रदेश सभा सदस्यहरूबिच निरन्तर बैठक र छलफल चलिरहेको छ । यस्ता बैठकले पार्टीको भविष्यको मार्गचित्र कोर्ने छ ।
जहाँसम्म मेरो सवाल छ । म आजका दिनसम्म सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा छु । पार्टीले मलाई यो भूमिकामा पठाएको हो । मुख्यमन्त्रीज्यूले मेरो राजीनामा माग्नुभएको विषयमा पनि पार्टीले नै निर्णय लिन्छ । पार्टीको बैठकले मलाई राजीनामा दिन भनेको खण्डमा म राजीनामा दिएर बाहिरिन्छु । त्यहीअनुसार हाम्रो पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा बस्ने वा नबस्ने भन्ने पनि निर्णय हुन्छ ।
नागरिक उन्मुक्ति पार्टी अहिले गम्भीर आत्मसमीक्षाको चरणमा छ । बाहिरी घेराबन्दी र आन्तरिक कलहको दोहोरो मारमा परेको यो पार्टीले अब ‘एकजुट’ भएर हिँड्ने संकल्प लिएर अगाडि बढ्नुको विकल्प छैन । जनताले दिएको मतको सम्मान गर्न पनि पार्टीले एकताको बाटो समात्नुबाहेक अर्को विकल्प रहँदैन ।
(नागरिक उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् । उनीसँग रातोपाटीका लागि सविता बुढाले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण