अमला रोकाको थुनछेक बहस आज पनि जारी
सारांश
- ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको थुनछेक बहस जारी छ। जिल्ला अदालत काठमाडौँमा बहस भइरहेको छ।
- आइतबारदेखि सुरु भएको बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। रोकालाई थुनामा पठाउने वा छाड्ने भन्ने टुङ्गो लाग्नेछ।
- रोका नेकपा माओवादी केन्द्रनिकट मानिन्छिन् र दावा छिरिङकी श्रीमती हुन्, जो सुन तस्करीमा संलग्न भएको आरोपमा थुनामा छन्।
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा शुक्रबार पक्राउ परेकी अमला रोकाको आज पनि थुनछेक बहस जारी छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस हुँदैछ ।
आइतबारदेखि रोकाविरुद्ध थुनछेक बहस सुरु भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएमा रोकालाई थुनामा पठाउने कि पुर्पक्षका लागि थुना बाहिर राख्ने भन्ने टुङ्गो लाग्नेछ ।
उनलाई प्रहरीले शुक्रबार टोखाबाट पक्राउ गरेको थियो । नेकपा माओवादी केन्द्रनिकट मानिने रोका उक्त तस्करीमा पक्राउ परी थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यसयता रोका फरार रहँदै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण