बिदा सकियो, तर अझै मन्त्रालयमा हाजिर भइनन् अतिरिक्त सचिव संगीता
सारांश
- स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको बिदा असार ६ गते सकिए पनि उनी मन्त्रालयमा हाजिर भएकी छैनन्।
- डा. मिश्रा सचिव बढुवामा असन्तुष्ट रहेकी थिइन् र फागुन २२ गतेदेखि बिदामा थिइन्। उनलाई समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।
- कर्मचारी प्रशासन शाखाका अनुसार डा. मिश्राले क्याजुअल बिदाको लागि अनुरोध गरेकी थिइन्, तर त्यो स्वीकृत भएको छैन।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले लिएको बिदा असार ६ गतेबाट सकिएको छ । तर उनी अझै मन्त्रालयमा हाजिर भएकी छैनन् ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले ६ गतेबाट अतिरिक्त सचिव डा. मिश्राले लिएको बिदा सकिए पनि आजसम्म मन्त्रालयमा हाजिर हुन नआएको जानकारी दिएको हो ।
‘उहाँको बिदा ६ गतेबाट सकिएको हो । तर, आजसम्म हाजिर हुनुभएको छैन । प्रशासन शाखामा क्याबी (भइपरी बिदा) लेखिदिन भन्नुभएको थियो । हामीले स्वीकृत नभई क्याबी लेख्न नसकिने जानकारी गराएका थियौँ । तर, हाजिर हुनुभएको छैन,’ कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले भने ।
सचिव बढुवामा असन्तुष्ट रहेकी डा. मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपयुक्त जिम्मेवारी नदिएको भन्दै बिदामा रहेकी उनलाई मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
पहिला घर बिदा बसेकी डा. मिश्रा त्यो बिदा सकिएपछि भइपरी आउने बिदा लिएर बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण