दुई वर्षअघि विद्यालयको छाना हुरीले उडायो, अझै मर्मत भएन
दार्चुला। हावाहुरीले उडाएको विद्यालयको छाना समयमा मर्मत नहुँदा यहाँको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ स्थित भैरवनाथ आधारभूत विद्यालयको पठन पाठन प्रभावित बनेको छ ।
दुई वर्षअघि आएको हावाहुरीले विद्यालयको छाना उडाए पनि हालसम्म मर्मत हुन नसकेको हो । सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन हुन नसक्दा समयमा मर्मत हुन नसकेको विद्यालयको भनाइ छ ।
सामान्य डेस्क बेन्चको समेत अभाव हुँदा बालबालिका कोठा भित्र कार्पेट राखेर पढ्न बाध्य भएको एक अभिभावकले बताए । ुविद्यालयमा न बस्ने बेच्न छ, न छाना न त ढोका नै छन् । कहिलेदेखि हाम्रा बालबालिकाले सुरक्षित भएर पढ्न पाउँछन् निश्चित छैनु, ती अभिभावकले भने ।
विद्यालयको स्थापना २०६८ सालमा भएको थियो भने यहाँ कक्षा ३ सम्मको पढाई हुन्छ । जहाँ विद्यार्थी सङ्ख्या ३४ जना भएको रेकर्ड भएपनि हाल २५ जना नियमित उपस्थित हुने गरेका छन्।
बालबालिका त्रास बोकेर पढ्न बाध्य भएपनि भवन निर्माणका लागि स्थानीय सरकारसहित कसैले पनि चासो नदेखाएको स्थानीयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण