स्थानीय तहलाई हस्तान्तरण गर्ने १ खर्ब ४५ अर्बमध्ये १ खर्ब १४ अर्ब तलब भत्तामै खर्च
सारांश
- शिक्षा मन्त्रालयले स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको ७८ प्रतिशत तलब भत्तामा खर्च हुने जानकारी गराएको छ।
- मन्त्री रघुजी पन्तका अनुसार, १ खर्ब ४५ अर्बको बजेटमध्ये १ खर्ब १४ अर्ब तलब भत्तामा खर्च हुनेछ।
- बाँकी बजेट भौतिक पूर्वाधार, प्राविधिक शिक्षा र अन्य कार्यक्रमका लागि विनियोजन गरिएको छ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहका लागि वित्तीय हस्तान्तरण गर्ने बजेटको ७८ प्रतिशत तलब भत्तामै खर्च हुने भएको छ । शिक्षामन्त्री रघुजी पन्तले संसदमा प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा उठेका प्रश्नको जवाफ दिँदै ७८.७१ प्रतिशत रकम तलब भत्तामै खर्च हुने बताएका हुन् ।
स्थानीय तहका लागि वित्तीय हस्तान्तरण भएको जम्मा १ खर्ब ४५ अर्ब ६७ करोड ८८ लाखमध्ये १ खर्ब १४ अर्ब ६६ करोड १० लाख ७४ हजार बजेट तलब भत्तामै खर्च हुने उनको भनाइ छ । तलब, दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, सञ्चालन खर्च, निःशुल्क स्यानिटरी प्याड र द्वन्द्वपीडित परिवार शिक्षा कार्यक्रममा विनियोजित बजेट अनिवार्य दायित्वमा पर्छन् । स्थानीय तहमा विनियोजन गरिएको जम्मा बजेटको ९२ प्रतिशत बजेट अनिवार्य दायित्वमा पर्ने उनको भनाइ छ ।
बाँकी ८ प्रतिशत बजेट मात्रै भौतिक पूर्वाधार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यक्रम र अनिवार्य तथा निःशुल्क शिक्षा समेतका कार्यक्रम खर्चका लागि विनियोजन गरिएको मन्त्री पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण