ओमान एयरद्वारा चार देशका उडान स्थगित
मङ्गलबार, १० असार २०८२, ०० : ५६
सारांश
- कतारमा भएको आक्रमणपछि ओमान एयरले मनामा, दुबई, दोहा र कुवेतका उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ।
- ओमान एयरले क्षेत्रीय घटनाक्रमका कारण उडानहरू स्थगित गरेको र अन्य गन्तव्यका उडानहरू पनि ढिलो हुन सक्ने जनाएको छ।
- काठमाडौँबाट दोहाका लागि उडेको कतार एयरवेजको विमान कतारको हवाई क्षेत्र बन्द भएपछि मस्कटमा अवतरण गरेको छ।
काठमाडौँ । कतारमा भएको आक्रमण पछि ओमान एयरले चार देशका उडानहरू अस्थायीरुपमा बन्द गरेको छ ।
एयरले एक सूचना जारी गर्दै पछिल्लो क्षेत्रीय घटनाक्रमलाई ध्यानमा राख्दै मनामा, दुबई, दोहा र कुवेत जाने र त्यहाँबाट फर्किने सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जानकारी दिएको हो । एयरलाइन्सका अनुसार अन्य गन्तव्यतर्फका उडानहरू पनि लामो मार्ग प्रयोग गर्नु पर्ने भएकाले ढिलो हुन सक्ने जनाएको छ।
साथै एयरलाइन्सले यात्रुहरूलाई आफ्नो उडान स्थिति वेबसाइट मार्फत जाँच गर्न आग्रह गरेको छ।
यसअघि काठमाडौँ त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाको लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ। काठमाडौँबाट ६ः३३ मा उडेको विमान कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेसँगै मस्कटमा अवतरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण