बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘महाकाव्य’ निर्माण हुने

मङ्गलबार, १० असार २०८२, ०९ : ०८
मङ्गलबार, १० असार २०८२

सारांश

  • खुसी फिल्मस्ले 'महाकाव्य' नामक फिल्म बनाउने घोषणा गरेको छ।
  • मदन खड्काले निर्देशन गर्ने र एक नयाँ कलाकार मुख्य भूमिकामा देखिनेछन्।
  • भदौ महिनाबाट छायाङ्कन सुरु हुने र निर्माण टिमले विस्तृत जानकारी चाँडै दिनेछ।

काठमाडौँ । ‘महाकाव्य’ नामबाट फिल्म निर्माण हुने भएको छ । निर्माण संस्था खुसी फिल्मस्ले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको बारेमा जानकारी दिएको हो ।

फिल्मको निर्देशन मदन खड्काले गर्ने भएका छन् । मदनले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका फिल्म ‘महाकाव्य’ बन्ने निर्माण संस्थाले जनाएको हो ।

फिल्मको मुख्य भूमिकामा एक नयाँ कलाकारलाई प्रस्तुत गरिँदै छ । निर्माण टिमका अनुसार, उक्त कलाकारले शारीरिक रूपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यमा गहिरो तालिमसमेत लिएका छन् । 

भदौदेखि छायाङ्कन सुरु हुने फिल्मकी निर्माता शान्ति  मगर हुन् । फिल्मको कलाकार र विस्तृत जानकारी छिट्टै एक कार्यक्रम सहित जानकारी दिइने निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप