अपडेट
गृहमन्त्रीद्वारा ‘अध्यागमन भिजिट भिसा अध्ययन छानबिन उच्चस्तरीय समिति’ बनाएको संसद्लाई जानकारी
मङ्गलबार, १० असार २०८२, १२ : ०१
सारांश
- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।
- गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी गराए, जुन सत्तारुढ दल र नेकपा (माओवादी केन्द्र) बीचको सहमति अनुसार बनेको हो।
- समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको छ, जसको संयोजक पूर्वमुख्यसचिव शंकरदाश वैरागी छन्।
काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको प्रतिनिधिसभामा जानकारी गराएको छ ।
गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी सदनमा गराएका हुन् ।
यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको जानकारी दिए ।
समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको जानकारी गृहमन्त्री लेखकले दिए ।
सरकारले हिजो पूर्वमुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण