‘यो मन त मेरो नेपाली हो’ को टाइटल गीत छायाङ्कन
सारांश
- चलचित्र 'यो मन त मेरो नेपाली हो' असार २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको शीर्ष गीतको छायाङ्कन सोमबार साँगा चोकमा सम्पन्न भयो।
- देशभक्ति भावनाको कथावस्तुमा आधारित फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतमा २०० राष्ट्रिय झण्डा प्रयोग गरिएको छ।
- फिल्मको विशेष प्रदर्शन अमेरिकाको ओहायो र पेन्सिलभेनिया राज्यमा भइसकेको छ। मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन्।
काठमाडौँ । ‘यो मन त मेरो नेपाली हो’ यही २७ असारदेखि प्रदर्शनमा आउने फिल्म हो । फिल्मको शीर्ष गीत भने भर्खर छायाङ्कन गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्मको टाइटल गीत सोमबार जरसिंह पौवास्थित साँगा चोकमा छायाङ्कन गरिएको छ । विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको स्वर रहेको गीतले फिल्मको कथावस्तु दर्साउँछ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानलगायतको अभिनय छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ ।
फिल्मको केही दिन अघि अमेरिकाको ओहायो र पेन्सिलभेनिया राज्यमा विशेष प्रदर्शन गरिएको थियो । पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । शिवम् अधिकारीको पटकथा रहेको फिल्म मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण