मौलापुरको बजेट ३९ करोड ५० लाख
सारांश
- मौलापुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ३९ करोड ५० लाखको बजेट प्रस्तुत गर्यो, जसमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ।
- नगरपालिकाले शिक्षा क्षेत्रमा ४० प्रतिशतभन्दा बढी बजेट छुट्याएको छ र शून्य कर नीतिलाई निरन्तरता दिँदै आएको छ।
- कार्यक्रममा पूर्वमन्त्री प्रभु साहले देशको लोकतान्त्रिक बाटो बिराएको र यसलाई सच्याउनुपर्ने विचार व्यक्त गरे।
रौतहट । मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनमा मेयर रिनाकुमारी साहले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक वर्षका लागि ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
मौलापुर नगरपालिकाले हरेक बर्षझैँ यस वर्ष पनि शिक्षा क्षेत्रमा अत्यधिक बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको छ । मौलापुरमा नगर प्रहरीको साटो नगर शिक्षक र चिकित्सक रहेको छ । शिक्षा क्षेत्रमा मोडेल बन्दै गइरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेबापत पोखरामा एक महिना अघि आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको छ । गुणस्तरीय शिक्षा, साक्षरता अभियान, उच्च शिक्षा र प्राविधिक शिक्षाको क्षेत्रमा मौलापुरले अत्यधिक बजेट खर्च गर्दै आएको छ ।
यस्तै मौलापुर नगरपालिकाले शून्य कर नीतिलाई निरन्तरता दिएको छ । विगत ८ वर्षदेखि मौलापुरका मेयर रहेकी साहले यस वर्ष पनि शून्य कर नीतिलाई निरन्तरता दिइएको फ्रि बिजुली, फ्रि पानी, यही आर्थिक बर्षमा नगरलाई कच्ची सडक मुक्त नगरको रुपमा घोषणा गरिने लक्ष्य समेत लिइएको जनाएकी छन् ।
‘हामी शासक होइन, सेवक हौँ, जनतासँग लिने होइन दिने हो । नगर प्रहरी होइन, नगर शिक्षक र नगर चिकित्सक राखेर हामी जनतालाई बढीभन्दा बढी सेवा दिन दिनरात जनताकै सेवामा खटने हो,’ साहले भनिन् ।
यस्तै मौलापुरमा छोरीसँग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । यो कार्यक्रम अन्तरगत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दै आएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ ।
यसैबीच आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् ।
नगर सभा एवं ९औँ बजेट अधिवेशनलाई उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । आजपा अध्यक्ष साहको गृहनगर समेत रहेका मौलापुरबाट मुलुकको विकास र समृद्धिका लागि दलहरू लोकतान्त्रिक मार्गमा हिँड्नुपर्ने बताए ।
‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यो करेक्सन हुनुपर्छ । कांग्रेस र एमालेको गठबन्धन अलोकतान्त्रिक, अप्राकृतिक र अनैतिक रहेकोले जनतामा निराशा छाएको छ । त्यसका कारण कांग्रेस लोकतान्त्रिक बाटोमा हिँड्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण