२ हजार ४३१ कर्मचारीद्वारा सम्पत्ति विवरण बुझाउन अटेरी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा देशभरका २ हजार ४३१ सरकारी कर्मचारीले म्यादभित्र आफ्नो चल–अचल सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
यससँगै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार सम्पत्ति विवरण नबुझाउनेले अब दोब्बर जरिवाना तिर्नुपर्ने बताइएको छ ।
राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार १ हजार ७०५ निजामती कर्मचारी, ७१ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र ६४० शिक्षकले तोकिएको ६० दिनभित्र सम्पत्ति विवरण पेश नगरेका हुन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ , अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) उपदफा (१) र निजामती सेवा नियमावली, २०५० को नियम ११८(१) अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले हरेक आर्थिक वर्षको समाप्तिपछि ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
महानिर्देशक पोखरेलका अनुसार, सम्पत्ति विवरण नबुझाउने व्यक्तिलाई उचित कारण नभएमा आगामी आर्थिक वर्षदेखि रु १० हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । पहिले रु ५ हजार रहेको जरिवाना हाल संशोधन गरी दोब्बर अर्थात रु १० हजार बनाइएको छ ।
यस आर्थिक वर्षमा ८५ हजार ६४१ निजामती कर्मचारी र ९८ हजार ७५ शिक्षक सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्वमा थिए ।
सम्पत्ति विवरण म्यादपछि बुझाउँदा संघीय राजस्व खातामा जरिवाना बुझाएको प्रमाण सहित मात्रै विवरण स्वीकारिने व्यवस्था गरिएको पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण