शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य सचिवकी श्रीमतीलाई विनाप्रतिस्पर्धा जागिर

मङ्गलबार, १० असार २०८२, १७ : ०५
मङ्गलबार, १० असार २०८२

सारांश

  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसले स्वास्थ्य सचिवकी श्रीमतीलाई बिना प्रतिस्पर्धा नर्सिङ प्रशिक्षक नियुक्त गरेको आरोप लागेको छ।
  • नियुक्तिमा क्याम्पसले करार कर्मचारी नियुक्ति नियमावलीको पालना नगरेको र आन्तरिक प्रतिस्पर्धाको नाममा प्रक्रिया मिचिएको बताइएको छ।
  • अस्पतालका सूचना अधिकारीले आन्तरिक अन्तर्वार्ता र माइक्रो टिचिङका आधारमा नियुक्ति भएको दाबी गरेकी छिन्, तर सोर्सको आरोप लागेको छ।

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसले विनाप्रतिस्पर्धा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाकी श्रीमती विष्णु भुजेललाई नर्सिङ प्रशिक्षक नियुक्त गरेको पाइएको छ ।  

क्याम्पसले करार कर्मचारी नियुक्ति नियमावली नबनाई गत चैत्र र वैशाखमा डा. देवकोटाकी श्रीमती भुजेलसहित चार जना नर्सिङ प्रशिक्षक नियुक्त गरेको क्याम्पस स्रोतले जानकारी दिएको हो । 

भुजेललाई प्रतिस्पर्धा नै नगराई उनकै श्रीमान् सचिव देवकोटाको निर्देशनमा करारमा अधिकृत तहको जागिर खुवाइएको स्रोतको दाबी छ । र भुजेलको सेवा अवधि जेठ १ गतेबाट ०८३ असारसम्म तोकिएको छ । 
यस्तै गत चैत्रमा तीन जना नर्सिङ प्रशिक्षकलाई पनि अस्पतालले आवेदन नै माग नगरी आन्तरिक रूपमा प्रतिस्पर्धाका नाममा करारमा राखिएको थियो ।

अस्पतालकी सूचना अधिकारी रानु थापाले पनि नर्सिङ क्याम्पसमा अन्य नर्सिङ प्रशिक्षकलाई राखिएजसरी नै आन्तरिक प्रतिस्पर्धामार्फत भुजेललाई राखिएको स्विकारिन् । 

‘विष्णु भुजेल स्वास्थ्य सचिव देवकोटाकी श्रीमती भए पनि अन्य कर्मचारीसरह आन्तरिक अन्तर्वार्ता र माइक्रो टिचिङका आधारमा राखिएको हो,’ उनले भनिन्, ‘सचिव देवकोटाकी श्रीमती भई सोर्सका आधार राखिएको भन्ने निराधार कुरा हो उहाँ यसअघि नि न्याम्समा नर्सिङ प्रशिक्षक हुनुहुन्थ्यो ।’

विगतका कन्ट्याक्टका आधारमै नर्सिङ प्रशिक्षक नियुक्त गरिएको उनको दाबी थियो । नर्सिङ क्याम्पसले करारमा कर्मचारी राख्ने नियमावली नभए पनि  आन्तरिक प्रतिस्पर्धाका नाममा गलत कार्य हुँदै आएको पाइएको हो । 

अन्य १२ जना नर्सिङ प्रशिक्षकलाई पनि कन्ट्याक्टका आधारमा बोलाएर अन्तर्वार्ता र माइक्रो टिचिङका आधारमा राखिएको थापाले बताइन् ।

अस्पतालको नियमावली बनाउँदा नर्सिङ कलेजसम्बन्धीे कुनै अवधारणा नभएकाले आन्तरिक र माइक्रो टिचिङका आधारमा करार नर्सिङ प्रशिक्षकको गरिने गरिएको उनको भनाइ थियो । 

‘मिडवाइफरी विशेषज्ञ, ओमेन हेल्थ, चाइल्ड हेल्थका लागि नर्सिङ प्रशिक्षक   विशेषज्ञ नेपालमै कम छन्,’ उनले भनिन्, ‘जुन संख्यामा आवेदन माग गरिन्छ सोही संख्या नपुग्ने गरी आवेदन परेको थियो । त्यसपछि विज्ञानपन आह्वान गर्न छाडेका हौँ ।’ उक्त नर्सिङ क्याम्पसमा हाल १२ जना नर्सिङ प्रशिक्षकहरू रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप