अपडेट
माधव नेपालको बयान तीन न्यायाधीशको इजलासमा
बुधबार, ११ असार २०८२, ११ : ०८
सारांश
- पूर्वप्रधानमन्त्री माधव नेपालको बयान विशेष अदालतमा हुने भएको छ। बुधबार न्यायाधीशत्रयको इजलासमा सुनुवाइ हुने तय भएको छ।
- नेपालले उपस्थित हुने निवेदन दिएपछि बुधबार पेसी तोकिएको थियो। उनी बिहान ११ बजे अदालत पुगेका थिए।
- नेपालमाथि प्रधानमन्त्री हुँदा पतञ्जलि आयुर्वेदलाई जग्गा खरिदमा हदबन्दी छुट दिएको आरोप लागेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा हुने भएको छ ।
अदालतमा उपस्थित भएसँगै नेपालको बयान बुधबार न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर २ मा हुने तय भएको हो ।
नेपालले उपस्थित हुने भनी बुधबारै निवेदन दिएका थिए । यससँगै पेसी तोकिँदा न्यायाधीशत्रय राई, थापा र कोइराला रहेको इजलासमा परेको हो । नेपाल आफ्ना वकिलहरूसँगै बुधबार बिहान पौने ११ बजे अदालत पुगेका थिए ।
नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई जग्गा खरिद गर्दा हदबन्दी छुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण