कोहलपुर–सुर्खेत १३२ प्रसारण लाइनको काम असोजभित्र सक्ने शाक्यको प्रतिबद्धता
सारांश
- नेपाल विद्युत प्राधिकरणले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन आगामी असोजभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
- बाँकेको बानियाभार क्षेत्रमा स्थानीय अवरोधका कारण रोकिएको काम सुचारु गर्न प्राधिकरणले पहल थालेको छ।
- प्राधिकरणका प्रबन्ध निर्देशकले कर्णालीमा विद्युत समस्या समाधानका लागि अवरोध हटाएर काम सक्ने बताए।
सुर्खेत । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
बाँकेको बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई सुचारु गर्न प्राधिकरणले पहल गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले कर्णालीवासीले भोग्दै आएको विद्युत् समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको जानकारी दिए ।
‘आगामी असोज महिनासम्म कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम पुरा हुनेछ,’ बुधबार सुर्खेत आएका उनले मुख्यमन्त्री यामलाल कँडेलसँगको छलफलमा भने ।
प्रसारण लाइन निर्माणका क्रममा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् ।
सो क्षेत्रमा तीनवटा टावर निर्माण सम्पन्न भएलगत्तै प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सबस्टेसनमा जोडिने छ । स्थानीय अवरोधको कारण बुझ्न र समाधान खोज्न शाक्य बाँके पुगेका थिए ।
‘स्थानीयका समस्या के छन्, त्यसको समाधान गर्ने र कर्णालीमा नियमित विद्युत् पुर्याउनेबारे हामीले छलफल गरेका छौँ,’ उनले भने, ‘समाधानका लागि भएका प्रयासहरू सकारात्मक छन् ।’
अवरोध हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारी र स्थानीय राजनीतिक दलका नेतृत्वहरूसँग प्राधिकरणको टोलीले छलफल गरेको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण