चार सचिवको सरुवा, सशस्त्रका दुई डीआईजीको म्याद थप
सारांश
- मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गरेको छ। भरतमणि सुवेदीलाई निर्वाचन आयोगबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।
- महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ। शोभाकान्त पौडेललाई गण्डकी प्रदेशबाट महालेखा नियन्त्रकमा सरुवा गरिएको छ।
- डा.खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको मुख्यसचिवको जिम्मेवारी दिइएको छ। डीआईजी कुमार न्यौपाने र कालिदास धौवजीको म्याद थप गर्ने निर्णय भएको छ।
काठमाडौँ । सरकारले चार सचिवको सरुवा गरेको छ । असार ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको जानकारी दिए ।
त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव महादेव पन्थको निर्वाचन आयोगमा सरुवा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रकमा सरुवा गरिएको छ भने डा.खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको मुख्यसचिवको जिम्मेवारी दिइएको जानकारी मन्त्री गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) हरूको म्याद थप गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार डीआईजीद्वय कुमार न्यौपाने र कालिदास धौवजीको म्याद थप गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण