क्रिकेट
टी–ट्वान्टी वरीयतामा सन्दीपको छलाङ
बुधबार, ११ असार २०८२, १६ : २९
सारांश
- नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आईसीसी टी-२० वरीयतामा ७५औं स्थानमा उक्लिए। उनले ४१ स्थान सुधार गरे।
- ललित राजवंशीले २९ स्थान सुधार गर्दै ५४औँ स्थानमा पुगे, जबकि दिपेन्द्रसिंह ऐरी अलराउन्डर वरीयतामा तेस्रो स्थानमा छन्।
- कुशल भुर्तेल ब्याटिङ वरीयतामा १० स्थान माथि उक्लिएर ८३औँ स्थानमा पुगे, तर नेपाली टोली भने टी-२० आई वरियतामा १८औँ स्थानमै यथावत छ।
काठमाडौँ । लामो समयसम्म आफ्नो उत्कृष्ट फमको पर्खाइमा रहेका नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने आईसीसीको नयाँ वरीयतामा सुधार गरेका छन् ।
बलिङतर्फ लेगस्पीनर सन्दीप लामिछाने ७५ स्थानमा उक्लेका छन् । सन्दीपले ४१ स्थान सुधार गरेका हुन् । त्यस्तै अर्का लेग स्पिनर ललित राजवंशीले २९ स्थान सुधार गर्दै ५४ औँ स्थानमा पुग्न सफल भएका छन् ।
सन्दीपले स्कटल्यान्डमा भएको त्रिदेशीय टी–ट्वान्टी आई सिरिजमा ४ खेलमा ११ विकेट लिएका भने ललितले ४ विकेट लिएका थिए । खेलाडीले वरीयतामा सुधार गरे पनि टोली भने नेपाली टोली टी–२०आई वरियतामा १८औँ स्थानमा यथावत् छ ।
यता टी–ट्वान्टी आईमा ९ बलमा अर्धशतक बनाउने रेकर्ड बनाएका दिपेन्द्रसिंह ऐरी अलराउन्डर वरीयताको तेस्रो स्थानमा छन् । ब्याटिङको वरीयतामा कुशल भुर्तेल १० स्थान सुधार गर्दै ८३ औँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण