शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पतञ्जली जग्गा प्रकरण

माधव नेपाललाई भेट्न अदालतमा पुगिन् झाँक्री

बुधबार, ११ असार २०८२, १९ : ४१
बुधबार, ११ असार २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेतृ राम कुमारी झाँक्री विशेष अदालत पुगेकी छन् । झाँक्री बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न अदालतकाे इजलास कक्षमै पुगेकी हुन् । 

पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज अदालत पुगेका थिए ।

थुनछेक बहस सकिएसँगै न्यायाधीशहरू आदेश लेखनमा जुटेका छन् । नेपालसहित कानुन व्यवसायीहरू इजलास कक्षभित्रै आदेशको पर्खाइमा छन् ।

नेपालसँग गोविन्द बन्दी, शम्भु थापालगायत कानुन व्यवसायीहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप