एसइई नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा बोर्ड, एक साताभित्र सार्वजनिक हुने
बिहीबार, १२ असार २०८२, ०० : २४
१
सारांश
- यस वर्षको एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ।
- उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ भने प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने काम भइरहेको छ।
- शिक्षक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो, गत वर्ष एसइई परीक्षामा ५ लाख १० हजार विद्यार्थी सहभागी थिए।
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको थियो। तर गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण