बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित पोखरेल र पौडेलविरुद्ध दुई/दुई र थापाविरुद्ध एक उजुरी

बिहीबार, १२ असार २०८२, १७ : ४४
बिहीबार, १२ असार २०८२

सारांश

  • सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित व्यक्तिहरू विरुद्ध विभिन्न उजुरीहरू परेका छन्।
  • मेघराज पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई/दुई वटा र शान्तिसिंह थापाविरुद्ध एक उजुरी परेको छ।
  • समितिले शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गर्ने र बिहान ११ बजे बैठक बोलाएको छ।

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई/दुई वटा उजुरी परेका छन् । शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी उजुरी परेको छ ।

सर्वोच्चको न्यायाधीश प्रस्तावित शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी परेको सङ्घीय संसद् संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । 

समितिले बिहीबार समितिका सदस्यहरूलाई प्राप्त उजुरी वितरण गरेपछि सभापति न्यौपानेले दिएको जानकारी दुई जनाविरुद्ध दुई दुई र एक जनाविरुद्ध एक उजुरी परेको हो । 

समितिले शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गर्ने भएको छ । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ ।  न्यायाधीशमा प्रस्तावित पोखरेलविरुद्ध सार्वजनिक बाटो मास्न सरकारी कागज किर्ते गर्नेको पक्षमा बहस गरेको आरोप लगाउँदै उजुरी परेको छ ।

बहस गर्दा समेत किर्ते कागजको प्रयोग गरेको आरोप उजुरीमा रहेको समितिमा रहेका एक सांसदले जानकारी दिए । पोखरेल वरिष्ठ अधिवक्ता हुन् ।  पूर्वप्रहरी उपरीक्षकले पोखरेलविरुद्ध दिएको उजुरीमा आफूमाथि नियतवश लगाइएको भ्रष्टाचार मुद्दा आफूले हार्नुमा प्रमाणको उचित मूल्याङ्कन नगरी सर्वोच्च अदालतले फैसला गरेको भनिएको छ । 

त्यसमा उजुरीकर्ताले मुद्दामा पोखरेलको सम्बन्धबारे नखुलाएका समिति सदस्यहरूले बताएका छन् । न्यायाधीश प्रस्तावित पौडेलविरुद्ध कार्यक्षमतामा प्रश्न उठाएर एउटा उजुरी परेको छ ।  भूमि सुधार तथा मालपोत कार्यालय सर्लाही भएको उत्प्रेषण मुद्दामा न्यायाधीश पौडेल र न्यायाधीश किरण कुमार पोखरेलले गरेको फैसलामा प्रमाणीकरण मिति फैसला हुनु भन्दा ७ महिना अगाडीको राखिएको उल्लेख छ । 

पहिला नै फैसला गर्दा लापरबाही गरेकाले सर्वोच्चको न्यायाधीश हुन पौडेल अयोग्य रहेको उजुरीमा उल्लेख गरिएको छ ।  पौड्याल रजिस्ट्रार हुँदा गरेका कामसँग सम्बन्धित रहेर तीन बुँदामा अर्को उजुरी परेको समितिका एक सदस्यले जानकारी दिए । 

सर्वोच्चका प्रस्तावित न्यायाधीश थापाविरुद्ध उजुरी दिएकी महिलाले आफू वैवाहिक बलात्कारमा परेकोबारे दिएको उजुरी उच्च अदालत दिपायलको मुख्य न्यायाधीश रहँदा थापाले अगाडी नबढाइदिएको आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप