तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि
सारांश
- ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण साउन २४ गतेदेखि सुरु हुने भएको छ।
- प्रतियोगिताको तयारीमा खेलमैदानमा प्याराफिट निर्माणका लागि पहल थालिएको छ, जसका लागि ३ हजार बाँस आवश्यक पर्नेछ।
- विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशिको बारेमा छलफल भइरहेको छ, र सहभागी क्लबहरूको टुङ्गो चाँडै लगाइनेछ।
ताप्लेजुङ । जिल्लाको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी साउन २४ देखि सुरु हुने भएको छ ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्दै आएको उक्त गोल्डकप प्रतियोगिता साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल खेलका साथ सम्पन्न हुने छ । समितिका सचिव टिकेन्द्र नेपालीले दिएको जानकारी अनुसार, प्रतियोगिताको तयारी अन्तर्गत खेलमैदानमा प्याराफिट निर्माणका लागि पहल सुरु गरिएको छ ।
उक्त प्याराफिट निर्माणका लागि करिब तीन हजार बाँस आवश्यक पर्ने र बाँस बिक्री गर्न इच्छुक किसानलाई न्यूनतम मूल्यमा प्रस्ताव दिन आह्वानसमेत गरिसकेको छ । यससम्बन्धी सूचना मङ्गलबार सार्वजनिक गरिएको छ । यसैबिच, प्रतियोगिताको तयारी स्वरूप खेलमैदानमा दुबो रोप्ने कार्य पूरा भइसकेको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशिबारे छलफल जारी रहेको र छिट्टै निर्णय लिइने अध्यक्ष सागर मादेनले जानकारी दिए ।
प्रथम संस्करणमा रु तीन लाख, दोस्रोमा पाँच लाख नगद पुरस्कार प्रदान गरिएकोमा, यसपटक त्यो पुरस्कार राशि अझ बढ्ने सङ्केत देखिएको छ । कोषाध्यक्ष दावा शेर्पाका अनुसार, प्रतियोगिताबाट हुने आम्दानीको आधारमा पुरस्कार राशि वृद्धि गरिने तयारी भइरहेको छ । प्रतियोगितामा सहभागी हुने आमन्त्रित क्लबहरूको टुङ्गाे पनि चाँडै लगाइने जनाइएको छ ।
खेलकुद र संस्कृतिको सङ्गमका रूपमा स्थापित ताप्लेजुङ गोल्डकप पहाडी क्षेत्रको बहुप्रतिक्षित प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण