बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लागूऔषधसहित स्याङ्जाका युवक रौतहटमा पक्राउ

शुक्रबार, १३ असार २०८२, ०८ : ४३
शुक्रबार, १३ असार २०८२

सारांश

  • रौतहट प्रहरीले १५० एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
  • भारतबाट नेपाल आउँदै गरेका स्याङ्जाका निलकुमार थापा मगरलाई गौर भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो।
  • प्रहरीले उनको साथबाट नुफिन, सेरेजेक र फेनारगन लगायतका लागुऔषध बरामद गरेको छ।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले ठुलो परिमाणमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका स्याङ्जाका ३१ वर्षीय निलकुमार थापा मगरलाई १५० एम्पुल लागू औषधसहित गौर भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक कुमार रायका अनुसार, बुधबार भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं। १ स्थित भन्सार कार्यालय अगाडि जाँच गर्ने क्रममा मगरलाई नियन्त्रणमा लिएको हो। भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका उनीमाथि शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त लागू औषध बरामद भएको थियो।

प्रहरीले उनको साथबाट नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध तथा एउटा मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका मगरलाई लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

प्रेश नोट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप