नतिजा
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : महाश्रम शर्मा
शुक्रबार, १३ असार २०८२, ०९ : ३५
सारांश
- राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ।
- बोर्ड अध्यक्षका अनुसार प्राविधिक काम सकेर आजै नतिजा प्रकाशित गर्ने तयारी छ, नभए भोलिसम्ममा प्रकाशित हुनेछ।
- २०८१ को एसईई परीक्षामा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताए ।
‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो मिल्यो भने बोर्ड बैठक बोलाएर नतिजा प्रकाशित हुन्छ’, अध्यक्ष शर्माले रातोपाटीसँग भने, ‘हामी प्रक्रियामै छौ ।’
उनले आफू कार्यालय पुगिसकेको भन्दै बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई खबर गरिसकेको बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण