बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एसईई नतिजा

एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक

शुक्रबार, १३ असार २०८२, १३ : १८
शुक्रबार, १३ असार २०८२

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक एसईई नतिजाबारे निर्णय गर्न सुरु भयो।
  • बोर्ड अध्यक्षका अनुसार नतिजा आजै वा भोलिसम्म प्रकाशित हुनेछ।
  • २०८१ एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताएका थिए ।

केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ । त्यसै विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको हो ।  २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप